२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते


भद्रपुर, बैशाख ५ । मेची राजमार्गअन्तर्गत चारआली–भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्र्याक्टर ठोक्किँदा पाँचजना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा घाइते भएका सबै म्याजिकमा चढेका यात्रु हुन् ।

बुधबार दिउँसो ४ बजेको समयमा चन्द्रगढीबाट यात्रु बोकेर चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३६५८ नम्बरको म्याजिक भ्यान र चन्द्रगढीतर्फ आइरहेको प्रदेश १–००१ त ९६४७ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किएका थिए ।

भद्रपुर–१० स्थित छाताचोकनजिकै भएको दुर्घटनामा घाइते भएका पाँचजनालाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले म्याजिक भ्यान र ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer