२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दमक खानेपानीको अध्यक्षमा रवि केसी


दमक, बैशाख ५ । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रवि न्यौपाने केसी निर्वाचित भएका छन् ।

आज सम्पन्न पदाधिकारीको निर्वाचन कार्यक्रमबाट न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संस्थाको उपाध्यक्षमा कुमार निरौला, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा दिलकुमारी सुब्बा (दिलु) र कोषाध्यक्षमा विक्रम अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक यज्ञराज निरौलाले बताए ।

चैत २३ गते सम्पन्न खानेपानी निर्वाचनबाट निर्वाचित ९ जना सदस्यहरुबीच बुधबार पदाधिकारी चयनका लागि निर्वाचन गरिएको थियो ।

निर्वाचनबाट सदस्यहरुमा गजेन्द्र देवान (गजु), पार्वता ढकाल, दुर्गादेवी खनाल (काफ्ले) र रिताकुमारी बस्नेत (श्रेष्ठ) चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer