२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणबारे अन्तरक्रिया


बिर्तामोड, बैशाख ७ । ‘सि लिड्स’ अन्तर्गतको ‘स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण प्रक्रिया’ कार्यक्रमका अधिकांश सहभागीले संविधानअनुसार नीति र कार्यविधिहरु बनाउन सहज भएको जिकिर गरेका छन् ।

दलित महिला केन्द्र नेपालले आज बिर्तामोडमा आयोजना गरेको कार्यशालामा उनीहरुले कार्यपालिकामा बजेट बनाउँदा नीति र कार्यविधिमा छुटेका तथा व्यवस्थापन गर्न बाँकी कुराहरुलाई कार्यक्रमले सहज बनाइदिएको बताए ।

केन्द्रले झापाका आठवटा पालिकाका नगरप्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, योजना शाखा प्रमुख, बालबालिका तथा सामाजिक शाखा प्रमुखहरुसँग अन्तरक्रिया गरेको थियो । कार्यक्रममा पालिकाका प्रमुख तथा उपप्रमुखहरुले आआफ्नो ठाउँमा गरेका राम्रा कामका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशी, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, अर्जुनधारा नगरपालिका उपमेयर खड्गमाया पराजुली, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने, बुद्वशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा आफ्ना पालिकाले लैंगिक समानताका बारेमा गर्दै आएको कामबारे बताएका थिए ।

कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षक नारायण कोइरालाले संघीय, प्रदेश र स्थानीय तहका कानुन, नीति, कार्यविधि, बजेट, महिलालाई संविधानमा भएको ३३ प्रतिशतको अधिकार, सामाजिक समावेशी, समानुपातिक समावेशी, लैंगिक समानता लगायतका विषयमा जानकारी दिएका थिए ।

केन्द्रले ‘सि लिड्स’ अन्तर्गत २०७४ र २०७९ सालको चुनाव र अन्य क्षेत्रमा पनि महिलाहरुलाई सशक्त बनाउने काम गरिरहेको छ ।

कार्यक्रममा दलित महिला केन्द्र नेपालकी झापा संयोजक सम्झना पोखरेल र प्रशिक्षक सोमराज ढकालले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer