२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा ब्राउन सुगरसहित चारजना पक्राउ


बिर्तामोड, बैशाख ७ । झापामा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर र नगद १२ हजार ४६० रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुद्वशान्ति गाउँपालिका- १ का २३ वर्षीय रत्न बहादुर राय, मेचीनगर नगरपालिका- १० का २४ वर्षीय विक्रम राजवंशी, सोही ठाउँका २२ वर्षीय विशाल लिम्बु र मेचीनगर- १२ का २२ वर्षीय नेत्र बहादुर राई रहेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer