२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कचनकवलमा दुईवटा मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते


बिर्तामोड, बैशाख ८ । झापाको कचनकवल ६ बनियानीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् ।

हिजो राति ९ः५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे. ८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।

दुर्घटनामा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक कचनकवल ४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो ।

त्यस्तै, सोही मोटरसाइकलको पछाडि बसेका कचनकवल ४ बस्ने १४ वर्षीय सन्दीप माझी गम्भीर घाइते भएका छन् । उनलाई ओमसाई पाथिभरा हस्पिटलबाट बिएन्डसी हस्पिटल लगिएको छ ।

त्यस्तै, मे. ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नम्बर ७ बस्ने अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् ।

उनीहरुको ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको र दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer