२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

स्वर्गीय जंगबहादुर थापा स्मृति टेबल टेनिसको उपाधि नमनलाई


मेचीनगर, बैशाख ९ । झापाको मेचीनगरमा सम्पन्न स्वर्गीय जंगबहादुर थापा स्मृति टेबल टेनिस प्रतियोगिताको उपाधि नमन श्रेष्ठले जितेका छन् ।

मेचीनगर-९ मा रहेको हिमालयन अंग्रजी माविको हलमा भएको प्रतियोगिता श्रेष्ठले अमन भुकानियालाई हराउँदै उपाधि जितेका हुन् ।

उपाधिसँगै श्रेष्ठले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाए भने उपविजेता बनेका भुकानियाले नगद पाँच हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका राइजिङ प्लेयर अवार्ड जतन पनेरुले पाए । त्यस्तै, कम उमेरका खेलाडी ९ वर्षका रोनक पोद्दार र उत्कृष्ट १० खेलाडीलाई सम्मानसहित मेडल प्रदान गरिएको विद्यालयका निर्देशक धनराज थापाले जानकारी दिए ।

धुलाबारीको जेनियम युवा क्लबको आयोजना तथा हिमालयन अंग्रेजी माविको व्यवस्थापन तथा सहयोगमा भएको नकआउट प्रतियोगितामा मेचीनगरका ५२ जना खेलाडीले सहभागिता जनाएको क्लबका कार्यवहाक अध्यक्ष लक्ष्मण बानियाँले बताए ।

विद्यालयकी छात्रा प्रियंका भट्टराईले सञ्चालन गरेको प्रतियोगिताका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथि नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईं, स्वर्गीय थापाका छोरा मणिराज थापा, विद्यालयका निर्देशक धनराज थापा, प्रिन्सिपल कमल नेपाल, रविनसन थापा मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer