२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड मुक्तिचोकमा कारको ठक्करबाट बालकको मृत्यु


बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडस्थित मुक्तिचोकमा कारले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोका रहेको प्रहरीले जनाएको छ ।

हिजो राति १०ः३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ च १९० नम्बरको कारले पैदलयात्री रोकालाई ठक्कर दिएको थियो ।

टाउको र दुबै हातखुट्टामा चोट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिएन्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ः०० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer