२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई नहरमा डुबेर १४ वर्षीया सन्जुको मृत्यु


बिर्तामोड, बैशाख ९ । झापाको कनकाई नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया बालिका रहेकी छन् ।

प्रहरीका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ७ स्थित कनकाई सिँचाइ आयोजनाको नहरमा डुबेर स्थानीय राजवीर ऋषिदेवकी १४ वर्षीया छोरी सन्जु ऋषिदेवको मृत्यु भएको हो ।

शनिबार दिउँसो ३ बजेको समयमा नहरमा नुहाउन गएकी बालिका अपराह्न ४ बजे नहरमा डुबेको अवस्थामा मृत भेटिएकी थिइन् । स्थानीयले घटनाबारे जानकारी गराउनासाथ इलाका प्रहरी कार्यालय शिवगञ्ज र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली घटनास्थल पुगेका थिए ।

कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer