२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पाँचथरको सल्लेरीमा जिप दुर्घटना हुँदा झापाका तीनसहित १४ जना घाइते


बिर्तामोड, बैशाख ९ । ताप्लेजुङबाट झापा आउँदै गरेको जिप मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा दुर्घटना हुँदा झापाका तीनजनासहित १४ जना घाइते भएका छन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित सल्लेरीमा भएको दुर्घटनामा घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि झापा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहाका अनुसार ताप्लेजुङदेखि झापा आउँदै गरेको मे. १ ज १९४७ नम्बरको जिप आइतबार बिहान दुर्घटनामा परेको थियो ।

जिप सडकदेखि ५० मिटर तल झरेको छ । दुर्घटनामा परेकामध्ये उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला २ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर-६ की बन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदीलाई थप उपचारका लागि झापा लगिएको हो ।

त्यस्तै, ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीलाई पाँचथर अस्पतालमा उपचार हुन नसकी झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer