२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इलामको माबुमा बोलेरो दुर्घटना हुँदा बिर्तामोडका छजना घाइते


बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडबाट यात्रु लिएर इलामको माबुतर्फ जाँदै गरेको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा छजना घाइते भएका छन् ।

घाइते हुनेहरु सबै झापाका रहेका छन् । आज दिउँसो ३ः२० बजेको समयमा इलाम सन्दकपुर गाउँपालिका ४ स्थित माबुमा इलामबाट माबुतर्फ जाँदै गरेको मे. १ ज ३२५५ नम्बरको बोलेरो गाडी उकालोमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा बिर्तामोड ३ का ७२ वर्षीय मिनबहादुर गुरुङ, शिवसताक्षी ६ का ६५ वर्षीया विष्णुमाया गुरुङ, बिर्तामोड ३ का ५९ वर्षीय ओमकुमार गुरुङ, ६० वर्षीय तुलाराम गुरुङ, ६२ वर्षीया हर्कमाया गुरुङ, बिर्तामोड १० का ४० वर्षीया ज्ञानमाया गुरुङ घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी प्रकाश जवेगुका अनुसार घाइतेहरुलाई बिएन्डसी हस्पिटल बिर्तामोड ल्याइएको छ ।

बोलेरोमा १० जना सवार रहेका थिए । बोलेरोका चालक इलाम माईजोगमाई ६ का ३२ वर्षीय प्रेमबहादुर थापा पनि घाइते भएकाले उपचार भइरहेको डिएसपी जवेगुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer