२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई स्पोर्टिङ क्लब मिल्स गोल्डकपको सेमिफाइनलमा


बिर्तामोड, बैशाख ९ । घरेलु टोली टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्युलाई २–१ हराउँदै कनकाई अन्तिम चारमा पुगेको हो । कनकाईका लागि दुवै गोल सन्दीप रसाइलीले गरेका थिए । सन्दीप रसाइली खेलको प्लेयर अफ दि म्याच घोषित भए । टिडब्ल्युका आशिष राईले गोल गरेका थिए ।

कनकाइले पुनरामगन जित निकालेको थियो । २७ औँ मिनेटमा आशिषको गोलबाट टिडब्ल्युले अग्रता लिएको थियो । झापाका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बललाई आशिषले गोल गरेका थिए । ५० औँ मिनेटमा सन्दीपले बराबरी गोल गर्दै कनकाईलाई खेलमा फर्काएका थिए ।

निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा आशिषले गोल गरे र खेलको निर्णायक त्यही गोल रह्यो । श्याम मुर्मूलाई टिडब्ल्युका खेलाडीले डिबक्स फाउल गरेपछि रेफ्री मदन काफ्लले कनकाईलाई पेनाल्टी दिएका थिए ।

नवौँ मिनेटमा टिडब्ल्युका मनोज खड्काले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारलाई कनकाईका गोलकिपर सन्तोष दनुवारले पन्च गर्दै बल बार माथिबाट पठाए ।

११ औँ मिनेटमा कनकाईका श्यामको प्रहार टिडब्ल्युका गोलकिपर पूर्ण चेम्जोङले रोके । ४१ औँ मिनेटमा कनकाईका श्यामले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार बाहिरियो ।

कनकाइले बुधबार हुने पहिलो सेमिफाइनलमा एपिएफ फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगितामा सोमबार अन्तिम क्वार्टर फाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र पूर्वविजेता गोलबजार स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer