२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको गिरीबन्धु चिया बगानमा चितुवा !


बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा चितुवा देखापरेको छ । आज साँझ करिब ७ः४० बजेतिर बिर्तामोड ६ स्थित गिरीबन्धु चिया बगानमा चितुवा देखापरेको स्थानीय धनपति सत्यालले बताए ।

उनले आफू पूर्वतिरबाट मोटरसाइकलमा आउँदै गर्दा राजमार्ग उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको चितुवासँग झन्डै ठोक्किएको जानकारी दिए । उनका अनुसार सो चितुवा करिब तीन फुट अग्लो, पाँच फिट लम्बाइको रहेको छ ।

राजमार्ग दक्षिण चिया बगानभित्र गएको सो चितुवाबाट सतर्क गराउन आफूले प्रहरीलाई खबर गरिसकेको सत्यालले बताए । त्यसबारे बुझ्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer