२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अविवाहितको प्रमाणपत्र लिँदा भाइरल भए बुद्धशान्तिका दिनेश


बिर्तामोड, बैशाख ९ । झापाको बुद्वशान्ति–३ का दिनेश तिम्सिनालाई भाइको बिहेमा साथीहरूले ठट्टा गर्दै ’हुत्तिहारा’ प्रमाणपत्रले सम्मान गरेपछि यतिबेला उनी सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

उमेरले ३५ वर्ष कटिसक्दा पनि विवाह नगरेको भन्दै उनका दौँतरीले सो प्रमाणपत्र दिएका थिए । उनका काकाको छोरा तीर्थको बैशाख ७ गते विवाह भएको थियो । सोही दिन दिनेशका दौँतरीले ’उमेर पुगेर पनि विवाह गर्न नसकेको’ भन्दै हुत्तिहारा उपनाम उल्लेख गरेर प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रमाणपत्रमा ’बुद्वशान्ति-३ बस्ने यामनाथ र मायादेवी तिम्सिनाको माइलो छोरा अन्दाजी ३५ वर्षको दिनेश तिम्सिनाले आफ्नो उमेर बितिसक्दा पनि विवाह गर्न अनकनाएको र आफूभन्दा सानो भाइले विवाह गरिसकेको हुँदा निज दाजु भनाउँदो दिनेश तिम्सिनालाई अविवाहित संघ झापाको तर्फबाट हुत्तिहारा प्रमाणित गरी सचिव पदमा नियुक्त गरिएको छ । उक्त कार्यकाल सफलतापूर्वक निर्वाह गरी आगामी दिनमा पनि विवाह नगरी बस्न सादर अनुरोध छ’ उल्लेख गरिएको छ ।

’अविवाहित संघ झापा जिल्ला कार्य समिति’ को नामबाट प्रदान गरिएको प्रमाणपत्र उनले लिएको बताए । आफ्ना दौँतरीले गरेको ठट्टा सामाजिक सञ्जालमा अपेक्षाभन्दा बढी भाइरल भएकोमा उनी अचम्म लागेको बताउँछन् । दौँतरीले हुत्तिहारा भन्दा उनीहरुसँग गुनासो नरहेको तिम्सिनाको भनाइ छ ।

’यतिसम्म भाइरल होला भन्ने त सोचेको थिएनौँ, उनले भने, ’अब सबैले थाहा पाइहाले के गर्नु र ?’ स्थानीय पत्रकार रोशन भटराईले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना भाइरल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer