२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराबाट लागुऔषधसहित कनकाईका चौधरी पक्राउ


बिर्तामोड, बैशाख १० । झापाको अर्जुनधारामा लागुऔषधको कारोबार गर्दैगर्दा ठुलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोला जाने कच्ची भित्री सडकखण्डमा कनकाई नगरपालिका वडा नम्बर ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरीलाई पक्राउ गरेको हो ।

हिजो दिउँसो अन्दाजी ३ बजेको समयमा बिरिङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागुऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट संयुक्त प्रहरी टोली खटिँदा अर्जुनधारा ४ बस्ने अन्दाजी २७ वर्षीय विमल राई प्रहरीलाई देख्नासाथ भागेका थिए ।

सँगै रहेका कनकाई ८ बागेडाँगी बस्ने चौधरीको शरीर तलासी लिँदा उनले कालो प्लास्टिकले पोकाभित्र सेतो प्लास्टिकले प्याक गरेको अवस्थामा प्लास्टिकबाहेक ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।

लागुऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर थप अनुसन्धान भइरहेको र भागेका राईको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer