२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड-१ का महिलालाई गुडिया बनाउने तालिम


बिर्तामोड, बैशाख १० । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिकाले गुडिया बनाउने तालिम प्रदान गरेको छ ।

नगरपालिकाले वडा नम्बर १ मा चैत १९ गतेदेखि सुरु गरेको तालिम सम्पन्न भएको हो । तालिममा वडाका १३ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागी महिलाहरुलाई मेनुका चाम्लिङले प्रशिक्षण दिएकी थिइन् ।

तालिममा सहभागीहरुलाई आइतबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले प्रमाणपत्र वितरण गरेका हुन् ।

कार्यक्रममा वडा अध्यक्ष पाण्डेले तालिममा सिकेको सीपलाई व्यावसायिक बनाउन आग्रह गरे । नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन लघु उद्यम विकास कार्यक्रमअन्तर्गत गुडिया बनाउने, सिलाइबुनाई, ब्याग बनाउने, ढाका बुन्ने, बाख्रापालन लगायतका तालिम सञ्चालन गरिरहेको पाण्डले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाले सीपमुलक तालिम प्रदान गरेका महिलाहरुको लागि लागत सहभागितामा आवश्यक मेसिनसमेत उपलव्ध गराउँदै आएको छ । तालिम समापन कार्यक्रममा वडा सचिव टिका अधिकारी, वडा सदस्य कमला महरा दर्जी, निवर्तमान वडा सदस्य प्रेम खरेलको उपस्थिति रहेको थियो ।

सहभागीहरुले तालिम उपलब्धिमुलक बनेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सिकेको सीपलाई सदुपयोग गर्नको लागि योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सहजकर्ता चनिमाया तामाङले तालिमप्राप्त महिलहरुलाई उद्यमी बनाउन नगरपालिकाले सहजीकरण गर्ने बताइन् । उनले त्यसको लागि सबैजना सक्रिय रुपमा अघि बढ्न सबैलाई आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer