२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मनकामना कलेजका चौथो वर्षका विद्यार्थीलाई विदाइ


बिर्तामोड, बैशाख १० । बिर्तामोडस्थित मनकामना कलेजले चौथो वर्षका विद्यार्थीलाई एक कार्यक्रमका बीच विदाइ गरेको छ ।

क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका चौथो वर्षको अध्ययन सकेर परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई विदाइ गरिएको हो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं, प्राध्यापक उदय कटुवालले शुभकामना मन्तव्य राखेका थिए भने विद्यार्थीका तर्फबाट प्रियंका उप्रेती, दिपक ढुङ्गाना, आयुषा दाहाल र वीरु दर्नालले आफ्नो चार वर्षे अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विदाइ हुने विद्यार्थीलाई अबिर लगाएर मायाको चिनो प्रदान गरिएको थियो । विदाइ हुने र गर्ने विद्यार्थीले विभिन्न प्रस्तुति समेत राखेको कार्यक्रममा स्वागत क्याम्पसका शैक्षिक संयोजक कुमार थपलियाले गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक विजय तिम्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer