२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नयाँ फिल्म बनाउँदै अशोक शर्मा


बिर्तामोड, बैशाख १० । कलाकार, निर्माता, निर्देशक अशोक शर्माले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । केही वर्षअगाडि ‘रातो टिका निधारमा’ बनाएका अशोक अहिले धमाधम नयाँ फिल्म लेखनमा छन् ।

फिल्मको लेखन कार्य भइरहेकोले नाम राख्न बाँकी रहेको अशोकले बताए । फिल्मको लेखनमा अशोकलाई स्क्रिप्ट डक्टरको रूपमा परिचित मनोज पण्डितले सघाइरहेका छन् ।

झापाको अर्जुनधारा स्थायी घर भएका अशोकले फिल्म २०८२ सालको दसैँमा रिलिज गर्ने गरी निर्माण हुने जानकारी दिए ।

अशोक शर्मा लामो समयदेखि डिसिएनमा व्यस्त छन् । फिल्म ‘रातो टिका निधारमा’ बाट उनले आफ्नो छोरा अंकित शर्मालाई नायकको रूपमा भित्र्याएका थिए । यो फिल्ममा पनि उनी दोहोरिने नदोहोरिने केही बताइएको छैन ।

कलाकारका विषयमा उनले भने, ‘पहिले फिल्मको लेखन सकाउँछु । त्यसपछि कलाकार छनोट हुन्छ ।’ शर्माले डिसिएनमार्फत नेपाली फिल्मको वितरण समेत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer