२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कतारी राजाको सम्मानमा मंगलबार सार्वजनिक बिदा


बिर्तामोड, बैशाख १० । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा भोलि मंगलबार एक दिन सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार सार्वजनिक बिदा हुनेछ । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ ।

उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौँ आउने छन् । नेपालस्थित कतारी राजदुत मिस्हल बिन मोहम्मद अल अन्सारीले भ्रमणको गृहकार्य अन्तिम चरणमा रहेको बताए ।

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer