२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फा महिला लिग छनोटमा कोशीको दोस्रो जित


बिर्तामोड, बैशाख १० । समीक्षा मगरको दुई गोलप्रेरित कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा सोमबार सम्पन्न दिनको पहिलो खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमै समीक्षाले गोल गर्दै कोशीलाई अग्रता दिलाइन् । पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा उनले नै गोल गर्दै कोशीको अग्रता २–० मा पुर्‍याइन् ।

दोस्रो हाफ सुरू भएको चौथो मिनेटमा यशोदा चिरालले गोल गरेपनि सुदूरपश्चिमलाई हारबाट जोगाउन सकिनन् ।

कोशीले पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, सुदूरपश्चिमले पनि गण्डकी प्रदेशलाई ५–१ को हार चखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer