२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पालिकाको सहयोगमा बाह्रदशीका मुस्लिम छात्रालाई साइकल


बिर्तामोड, बैशाख १० । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत पालिकाभित्रका मुस्लिम छात्रालाई साइकल प्रदान गरेको छ ।

बाह्रदशी गाउँपालिकाभित्र सरकारी विद्यालयमा अध्ययन गर्दै आएका ५० जना छात्रालाई साइकल प्रदान गरिएको हो । नेपाल मुस्लिम समाज विकास समिति बाह्रदशीको आयोजना तथा बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा उनीहरुलाई साइकल प्रदान गरिएको हो ।

पालिकाका फूलबारी मावि, जनविकास मावि र पशुपति माविमा अध्ययनरत छात्राहरूलाई विद्यालय आवतजावत गर्न सहज होस् भनेर साइकल वितरण गरिएको मुस्लिम समाज विकास समितिका अध्यक्ष चाँद मोहम्मद हुसेनले बताए ।

कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईं, उपाध्यक्ष शान्ता शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, सशस्त्र प्रहरीका डिएसपी प्रवास गौतम, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सुरक्षाकर्मी, स्थानीय बुद्धिजीवी, विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer