२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टामा कुकुरको सहयोगमा लागुऔषधसहित पैदलयात्री पक्राउ


मेचीनगर, बैशाख १० । सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुरको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

आज साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेचीपुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल, नेपालको तालिमप्राप्त कुकुरले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास ५ बस्ने २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो ।

उनीमाथि शंका लागेर जाँच गर्दा उनको साथबाट ४३ दशमलव १५ ग्राम ब्राउन सुगर भेटिएको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

हालसम्म तालिमप्राप्त कुकुरबाट काँकरभिट्टा नाकामा ११ पटकमा १०५ दशमलव ०५ ग्राम ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको नम्बर २ गण हेडक्वार्टरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer