२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा गाउँपालिकाका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति


बिर्तामोड, बैशाख ११ । झापाको झापा गाउँपालिकाले सामुदायिक विद्यालयका ६३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६३० जनालाई छात्रवृत्ति प्रदान गरिएको कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले जानकारी दिइन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न वर्गका भएकाले पनि छात्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको उनले बताइन् ।

गाउँपालिकाले कक्षा ११ का विद्यार्थीलाई जनही नौ हजार ६५० रुपैयाँ र कक्षा १२ का विद्यार्थीलाई जनही ११ हजार २०० रुपैयाँ र प्राविधिक शिक्षाका विद्यार्थीलाई जनही १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

कक्षा ११ र १२ अध्यापन हुने जनकल्याण माविका ५६, डिल्लीराज माविमा ३५२ विद्यार्थी र जनता माविका २२२ विद्यार्थीलाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत छुट्याइएको बजेटबाट छात्रवृत्ति प्रदान गरिएको हो ।

झापा गाउँपालिकाभित्र २१ वटा सामुदायिक विद्यालय, १४ वटा संस्थागत विद्यालय र १८ वटा मदरसा सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer