२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

शिवसताक्षीमा मोटरसाइकल र जिप जुध्दा तीनजनाको मृत्यु


बिर्तामोड, बैशाख १२ । झापाको शिवसताक्षीमा आज एकाबिहानै भएको सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

बिहान ५ः१८ बजेको समयमा शिवसताक्षी ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाका मोटरसाइकल र बोलेरे जिप एकापसमा जुध्दा तीनजनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई उपचारका लागि बिएन्डसी हस्पिटल बिर्तामोड ल्याइँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरो जिप एकापसमा जुधेर दुर्घटना भएको हो ।

मृतकको तत्काल नाम थर वतन खुल्न सकेको छैन । दुईजना अन्दाजी २५ वर्षका र एकजना १६ वर्षको रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल, बोलेरो, बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer