२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा टेल्जीको नयाँ सोरुम, एक लाख किलोमिटर वारेन्टी पाइने


बिर्तामोड, बैशाख १३ । चिनिया इलेक्ट्रिक स्कुटर टेल्जीको नेपालका लागि आधिकारिक बिक्रेता योममाई मोटर्सले झापाको बिर्तामोडमा आफ्नो ११ औँ सोरुम सञ्चालनमा ल्याएको छ ।

सोरुमले टेल्जीका विद्युतीय स्कुटर बिक्री गर्नुका साथै बिक्रीपछिको सेवा समेत उपलब्ध गराउनेछ । कम्पनीका निर्देशक सञ्जीव सिल्पकारले नेपालको लोकप्रिय ब्रान्डको सोरुम पूर्वमा विस्तार गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए ।

‘टेल्जीका विद्युतीय स्कुटरहरू विश्वस्तरीय साथै विश्वसनीय दुईपांग्रे ब्रान्ड हो । टेल्जीले युनाइटेड नेसनको इन्भाइरोमेन्ट ई मोबिलिटी पार्टनरको रूपमा रहेर काम गर्दै आएको छ भने टेल्जीको नाममा धेरै विश्व कीर्तिमानहरू रहेका छन् । काठमाडौँ, बुटवल, पोखरालगायतका धेरै सहरहरूका ग्राहकहरूको मायाले हामी नेपालमै सार्वधिक लोकप्रिय ब्रान्ड बन्न सफल भएका छौँ भने पूर्वको सहर बिर्तामोडमा हाम्रो सोरुम सञ्चालनमा ल्याउन पाँउदा हामी अत्यन्तै हर्षित भएका छौँ,’ उनले भने ।

एभरेस्ट अटो ट्रेडका सञ्चालक प्रेमबहादुर थापाले नेपालको चर्चित ब्रान्ड झापा ल्याउन पाएकोमा खुसी व्यक्त गरे । ‘काठमाडौँलगायतका धेरै सहरहरूमा परीक्षण भइसकेको र नेपालमै पहिलोपटक एक लाख किलोमिटर वारेन्टी भएको यस्तो विश्वस्तरीय ब्रान्ड टेल्जीको डिलरको रूपमा काम गर्ने अवसर पाउँदा हामी खुसी भएका छौँ । अबको युग इलेक्ट्रिक सवारीसाधनको युग हो,’ उनले भने ।

टेल्जीका स्कुटर मर्मत खर्च अत्यन्तै न्यून अर्थात २० पैसाभन्दा कम खर्चमा प्रतिकिलोमिटर सञ्चलान गर्ने सकिने एभरेस्ट अटो ट्रेडका प्रबन्ध निर्देशक मिलन लिम्बूले बताए ।

‘हामीले पार्टस तथा सर्भिसको लागि सबै तयारी पूरा गरेर सोरुम सञ्चालनमा ल्याएका छौँ । हाम्रा ग्राहकलाई निर्धक्क भएर विद्युतीय स्कुटर चढ्न अनुरोध समेत गर्दछु,’ उनले भने ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बास्तोला, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुुशल खतिवडा तथा समाजसेवी छिरिङ शेर्पालगायत उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

टेल्जी नेपालले विगत ५ वर्षदेखि नेपाली बजारमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराउँदै आएको छ । कम्पनीले ग्राहकहरू सन्तुुष्ट हुनेगरी पार्टस उपलब्ध गराउँदै उत्कृष्ट सर्भिस दिँदै आएको छ ।

कम्पनीले केही दिनअघि मात्र आफ्नो लायन मोडलमा नेपालमा पहिलोपटक एक लाख किलोमिटर वा ५ वर्षको वारेन्टी दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer