२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु


मेचीनगर, बैशाख १३ । मेचीनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार(आज) राति ८ः३५ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–१२ स्थित देउनियाँ पुलमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षका पुरुषलाई उपचारको लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer