२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरमा भएको मोटरसाइकल दुर्घटनामा बुद्वशान्तिका कार्कीको मृत्यु


मेचीनगर, बैशाख १४ । हिजो राति झापाको मेचीनगर –१२ स्थित देउनियाँ पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुने चालकको पहिचान खुलेकोे छ ।

मृत्यु हुनेमा बुद्वशान्ति गाउँपालिका–२ का ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार राति ८ः३५ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर–१२ स्थित देउनियाँ पुलमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गम्भीर घाईते भएका कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल लादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer