२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

टिभिएसको अपाचे आरटिआर–१६० सार्वजनिक


बिर्तामोड, बैशाख १४ । टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटिआर–१६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ ।

नेपालमा आफ्ना ग्राहकका लागि थुप्रै उत्पादन प्रदान गर्दै आएको टिभिएसको अपाचे सिरिज, मोटरसाइकलप्रेमीमाझ लोकप्रिय छ । नयाँ आरटिआर–१६० स्ट्राइकिङ स्टाइल एलिमेन्ट र रेसिङ डिएनएअनुरूप नयाँ आकर्षक ग्राफिक्सका साथ अपडेट गरिएको कम्पनीले जनाएको छ ।

यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्ने र राइडरका लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्ने बताइएको छ ।

सन् २००५ मा पहिलोपटक लन्च भएको टिभिएस अपाचे, ६० भन्दा बढी देशमा लोकप्रिय बनेको छ । टिभिएस रेसिङको इतिहासलाई निरन्तरता दिँदै, टिभिएस मोटरको फ्याक्ट्री रेसिङ टोलीले ट्र्याक टु रोड अवधारणामा निर्माण र परिष्कृत शृंखलाले रेसिङको परिवर्तनमा योगदान पु¥याएको कम्पनीको भनाइ छ ।

प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले नेपालको टिभिएस मोटरका प्रिमियम सेग्मेन्टमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
टिभिएस मोटर कम्पनीको इन्टरनेसनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘अपाचे आरटिआर–१६० सार्वजनिक गर्न पाउँदा खुसी छौँ । अपाचे आरटिआर सेरिजले कार्यसम्पादन र शैलीको नयाँ मापदण्ड स्थापना गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

आरटिआर–१६० मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको बताइएको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ ।

आरटिआर १६०–म्याट ब्लु, रेसिङ रेड, ग्लोस ब्ल्याक, टि ग्रे र पर्ल ह्वाइट गरी पाँचवटा रङहरूमा उपलब्ध हुनेछ । यसको मूल्य तीन लाख पाँच हजार नौ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer