२०८१ बैशाख २५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका दुईजनासहित सातजनाबाट डेढ किलो सुन र डेढ करोड रुपैयाँ पक्राउ


बिर्तामोड, बैशाख १४ । नेपाल प्रहरीले झापा बिर्तामोडका दुईजनासहित सातजनालाई १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।
पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल रहेका छन् ।

त्यस्तै, दार्चुलाका वर्ष  २२ का आयुष बडू, वर्ष ४७ का गणेशदत्त बडू, भारत महाराष्ट्रका ३७ वर्षीय अमल विभूति, सोही स्थानका वर्ष १८ का प्रकाश विभूति र गणेशसतिस बाल्टे रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

प्रहरीका अनुसार बिहीबार पक्राउ परेका २२ वर्षीय आयुष, गणेशको आफ्नै छोरा हुन् । झापाका दिनेश र भरतराज खरेल भने उनका सालीका छोराहरू हुन् ।

बिहीबार न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer