२०८१ बैशाख २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

उत्कृष्ट भएको पराजुली सिटिसी चियालाई बोर्डको सम्मान


बिर्तामोड, बैशाख १६ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले झापा भद्रपुर–६ स्थित पराजुली टि इन्डस्ट्रिजलाई सम्मान गरेको छ ।

विकास बोर्डले शनिबार २८ औँ राष्ट्रिय चिया दिवसको अवसरमा पराजुली टि इन्डस्ट्रिजलाई सम्मान गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले इन्डस्ट्रिजका प्रबन्ध निर्देशक आदित्य पराजुलीलाई सो सम्मानपत्र प्रदान गरेका थिए ।

तराई भेगमा गुणस्तरीय सिटिसी चिया उत्पादन गरी चियाको मूल्य शृंखलामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पराजुली टि इन्डस्ट्रिज सम्मानित भएको जनाइएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दिपक खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

नेपाल चिया उत्पादक संघका अध्यक्षसमेत रहेका युवा उद्यमी पराजुलीको झापा र इलाममा गरी एक दर्जनभन्दा बढी चिया उद्योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer