२०८१ बैशाख २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भारतीय नागरिक बस्दै आएको मेचीनगरको एक घरमा प्रहरीको छापा


मेचीनगर, बैशाख १६ । झापाको मेचीनगर-९ स्थित शैलेन्द्र पोद्दारको घरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोलीले छापा हानेको छ ।

पोद्दारको घरमा बस्दै आएका भारतीय नागरिकहरु अवैध अनलाइन व्यापारको नाममा ठगीमा संलग्न रहेको पाइएपछि प्रहरीले आज बिहान छापा हानेको हो ।

पोद्दारको परिवार भने सो घर भाडामा दिएर काठमाडौँमा बस्ने गरेको स्थानीयबासीले बताएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरी थप मानिस पक्राउ गर्न लीलाबस्तीतर्फ लागेको छ ।

पोद्दारको घरमा भएका मानिसलाई उनीहरुको मोबाइल अफ गरेर घरमै राखिएको विशेष स्रोतले जानकारी दिएको छ ।

भारतीय नागरिकहरु अवैध अनलाइन व्यापारसँगै सुन, हुन्डी र क्यासिनोको व्यापारमा पनि संलग्न रहँदै आएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer