२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते


बिर्तामेड, बैशाख १७ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ । भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन् ।

झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको हो ।

पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको थियो ।

त्यसपछि पनि प्रहरीमाथि आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले झापा टुडेलाई जानकारी दिए ।

पक्राउ परेका कारोबारीबाट १३० ग्राम खैरो हेरोइन र एकथान खुकुरीसमेत बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer