२०८१ जेठ ८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बस्नेतलाई बोर्डको सदस्य सचिवमा पुनर्वहाली गर्न उच्च अदालतको आदेश


बिर्तामेड, बैशाख १८ । तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट पदमुक्त भएका कृष्ण बस्नेत (पर्शुराम) प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा पुनर्वहाली भएका छन् ।

बूनेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो ।

उच्च अदालत विराटनगरले बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएसँगै उनी हालका सदस्य सचिव हंशराज वाग्ले भने पदमुक्त भएका छन् ।

उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार कृष्ण बस्नेतलाई पुनर्वहाली गर्न आदेश दिएको हो ।

२०७८ चैत २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुंगाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

तत्कालीन सामाजिक विकासमन्त्री राजन राईले विराटनगरका बस्नेतलाई पदमुक्त गर्दै भलिबलका अन्तर्राष्ट्रिय पूर्वखेलाडी वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।

उक्त निर्णयविरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गरेका थिए । त्यसबेला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले बोर्डको सदस्य सचिवमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer