२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा ३५ दिने कुक तालिम सुरु


बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोडमा युवाहरुलाई लक्षित गरेर होटल व्यवस्थापनतर्फ कुकिङ तालिम सुरु भएको छ ।

सीप विकास तथा क्षमता अभिवृद्धि उपभोक्ता समिति बिर्तामोड–४ को आयोजना, बिर्तामोड नगरपालिका वडा नम्बर–४ को सहयोग र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको प्रायोजनमा ३५ दिने तालिम सुरु भएको हो ।

उपभोक्ता समितिका अध्यक्ष नारायण मुखियाको अध्यक्षता तथा बिर्तामोडमा–४ का वडा अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यतामा तालिमको सुरुवात गरिएको हो ।

कार्यक्रममा आदर्श स्कुलका निर्देशक सञ्जोग खरेलले युवामा कुकिङको अवधारणा भए पनि तालिमबाट व्यावसायिक रुपमा सीप सिकेर अघि बढन मद्दत मिल्ने बताए ।

वडा सदस्य केशवकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा महिला वडा सदस्य निर्मला ल्वागुन, आदर्श टोल विकास संस्थाका चन्द्रप्रसाद दाहाल, मेघाबारी टोल विकास संस्थाका पुप्ष खड्कालगायतले युवालाई शुभकामना दिएका थिए ।

आदर्श स्कुलका तालिम संयोजक दिपक दास, सेफ भुवन दंगाल, सन्तोष मगरले तालिमपश्चात आगामी दिनमा व्यवहारमा उत्तार्न सहभागी युवालाई अनुरोध गरेका थिए । तालिममा ५० जना सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer