२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

भारतद्वारा प्याज निर्यातमाथिको प्रतिबन्ध फुकुवा


बिर्तामोड, बैशाख २३ । भारतले गएको मंसिरदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध करिब पाँच महिनापछि हटाएको छ ।

भारतले प्याजको मूल्य अचाक्ली बढेको समयमा २०८० भदौमा प्याज निर्यातलाई निरुत्साहित गर्न ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो । तर, निर्यात नरोकिएपछि मंसिर २१ गते सूचना जारी गर्दै भारत सरकारले घरेलु माग पूरा गर्न र आन्तरिक बजारमा प्याजको मूल्य कम गर्न प्याज निर्यातमा प्रतिबन्ध लगाएको घोषणा गरेको थियो ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपालमा पनि परेको थियो । नेपालमा भारतबाट ठुलो मात्रामा प्याज आयात हुन्छ । आयात रोकिएपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको थियो ।

प्याजको उत्पादन बढेसँगै भारतले शनिबारदेखि लागु हुनेगरी निर्यात प्रतिबन्ध फुकुवा गरेको हो । यद्यपि, भारतमा कतिपयले बिजेपी सरकारको उक्त निर्यातलाई चुनावी रणनीति भएको भन्दै टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer