२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा अभिभावकलाई सजग गराउन शिक्षक पर्शुरामको अभियान


बिर्तामोड, बैशाख २३ । झापाका एकजना शिक्षकले अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । हल्दिबारीस्थित लक्ष्मी माविमा कार्यरत शिक्षक पर्शुराम अधिकारीले सन्देशमुलक पर्चासहित गाउँगाउँ पुगेर अभिभावकलाई सचेत गराउने काम गरिरहेका हुन् ।

विशेषगरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुका अभिभावकलाई सचेता गराउने उद्देश्यले टोलटोल, बस्तीबस्ती र बजारमा समेत अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

सामुदायिक विद्यालयका अभिभावकहरुले बालबालिकालाई नियमित विद्यालय नपठाउने, बिहान बेलुका बालबालिकाको अध्ययनबारे चासो नदिने भएपछि सजग गराउन शिक्षक अधिकारीले उक्त अभियान सञ्चालन गरेका हुन् ।

अभिभावकले विद्यालयमा खबरदारी गर्ने, शिक्षकसँग बालबालिकाको पढाइबारे चासो राख्ने र घरमा पनि बालबच्चालाई पढ्न लगाउनुहोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

अभियानका क्रममा सन्देशमुलक पम्प्लेट राखिएको हुन्छ । जागृति क्याम्पस गोल्धापमा समेत पढाउँदै आएका अधिकारीले बालबालिकाको पठनपाठनमा अभिभावकले चासो दिनुपर्छ भन्दै आफूले अभियान सञ्चालन गरेको जानकारी दिए ।

उनले सामुदायिक विद्यालयको नतिजा सुधारमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनी भन्छन्, ‘विद्यालयमा शिक्षकले गृहकार्य जाँच गरिरहेका छन् कि छैनन् ? त्यो पनि अभिभावकले चासो राख्नुपर्छ ।’

दुई सातादेखि अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका अधिकारी हल्दिबारीको सन्थालबस्ती, महतोबस्ती, दलितबस्ती, हल्दिबारी बजार, मंगलबारे बजार, चन्द्रगढीको लेखनाथचोकमा प्लेकार्डसहित उभिइसकेका छन् । जहाँ उनको अभियानबारे सबैले चासो समेत दिने गरेका छन् । कतिपय अभिभावकले आफ्नो बच्चाको समस्या समेत सुनाउने गरेका छन् ।

कमजोर विद्यार्थीहरुलाई विद्यालय समयपछि निःशुल्क कोचिङ समेत पढाउँदै आएका उनले छुट्टीको समयमा अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् ।

अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका शिक्षक अधिकारीले शिक्षा क्षेत्रप्रति अभिभावक र सरोकारवालाको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरेका हुन् ।

चन्द्रगढी घर भएका शिक्षक अधिकारीले आफ्नो बालबच्चा समेत आफूले शिक्षण गर्ने विद्यालयमा पढाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer