२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चार वर्ष बित्न लाग्यो, कनकाई नदीमा अझै बनेन पुल


बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–७ को वडा कार्यालयसँग लालपानी गाउँलाई जोड्ने कनकाई माई नदीमा चार वर्ष बित्न लाग्दा पनि पुल बन्न सकेको छैन ।

६४४.२० मिटरको सस्पेन्सन ब्रिज बनाउन ठेक्का लागेको चार वर्ष पूरा हुन लाग्यो । तर, ठेकेदार कम्पनीले पुल बनाउन सकेको छैन ।

२०७९ असार मसान्तसम्म सक्नेगरी २०७७ असार ३१ गते ठेक्का लिएको पशुपति–हरिहरि जेभीले प्रगतिका नाममा दुईतिर पिलर ठड्याउनेबाहेक थप केही गरेको छैन ।

सात करोड ८१ लाख रुपैयाँ लागतको पुलको म्याद थपेको समय (आगामी असार मसान्त) सकिन पनि अढाई महिना मात्रै छ ।

म्याद थपेको अवधिमा समेत कुनै काम भएको छैन । वडा अध्यक्ष भवानीविक्रम चेम्जोङका अनुसार लालपानीका करिब तीन सय घरधुरी चन्द्रडाँगीस्थित वडा कार्यालय पुग्न हिउँदमा बाँसको पुलको भर पर्छन्, बर्खामा त उर्लिएको माईले पूर्ण रूपमा सम्बन्ध विच्छेद नै गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer