२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ट्र्याक्टरको ठक्करबाट कचनकवलका अधिकारीको मृत्यु


मेचीनगर, बैशाख २३ । हिजो साँझ मेचीनगर १५ स्थित ज्यामिरगढी–चन्द्रगढी सडकमा ट्र्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

साँझ ७ः३० बजेतिर गाहिनाबारीस्थित सडकखण्डमा ज्यामिरगढीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. १ त ५३१९ नम्बरको ट्र्याक्टरसँग विपरीत दिशाको मे. ११ प ९०२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल-२ बस्ने २७ वर्षीय ज्ञान अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते अधिकारीलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा उपचारका क्रममा राति ८ः३० बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक अधिकारी कचनकवल २ का पूर्वजनप्रतिनिधि चन्द्रशंकर अधिकारीका कान्छा छोरा हुन् । ट्र्याक्टर, चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

Comments are closed

Adv footer