२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

पत्रकार घिमिरेलाई निर्माण व्यवसायी थापाको धम्की, कारबाहीको माग


बिर्तामोड, बैशाख २३ । नयाँ पत्रिका दैनिक तथा अनलाइनका झापाका सम्वाददाता चिरञ्जीवी घिमिरेलाई समाचार लेखेको विषयलाई लिएर निर्माण व्यवसायी विनोद थापाले धम्की दिएका छन् ।

थापाले नदीको अवैध दोहनसम्बन्धी समाचार लेखेको भन्दै पत्रकार घिमिरेलाई गालीगलौज गर्दै धम्की दिएका हुन् ।

शनिबार पत्रकार घिमिरेले ‘जनप्रतिनिधिकै सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षकमा समाचार लेखेका थिए । समाचार प्रकाशित भएपछि थापाले घिमिरेलाई फोन गरी आफूले जे पनि गर्न सक्ने भन्दै धम्की दिएका छन् ।

पत्रकारलाई हतोत्साहित गर्न, डर र धम्की देखाउने कार्यको पत्रकार महासंघ झापा शाखा, प्रेस सेन्टर नेपाल झापा, प्रेस चौतारी नेपाल झापा, नेपाल प्रेस युनियन झापा, समाजवादी प्रेस संगठन नेपाल झापा शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापा र पत्रकार मञ्च दमकले भत्सर्ना गर्दै अभद्र व्यवहार गर्ने थापामाथि कानुनी कारबाहीको माग गरेका छन् ।

‘पत्रकारले लेखेको समाचारमाथि चित्त नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिनेजस्ता कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार हो भन्ने महासंघको ठम्याइ छ,’ महासंघले निकालेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer