२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलको खेल तालिका सार्वजनिक


बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक निलोले हाम्रो इटहरी भेट्रान्स एफसीको सामना गर्नेछ । प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक रातो रहेका छन् ।

बैशाखको ३१ गतेदेखि हुने भेट्रान्स फुटबल प्रतियोगिता हुने फाइनल खेल जेठ ७ गते हुने क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले जानकारी दिए ।

संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा आठ टिमको सहभागिता रहने संयोजक टेकराज तिलिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताए ।

कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष प्रकाश सुवेदीले गरेका थिए भने सञ्चालन क्लबका सचिव दिवाकर प्रसाईंले गरेका थिए ।

अध्यक्ष श्रेष्ठले विजेताको नगद पुरस्कार प्रदान गरेका छन् भने उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजकका लागि बिर्तामोडको जोया ब्रान्डले जर्सी र टिसर्ट उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer