२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अपाङ्गमैत्री सेवा सरोकारले सुरु गर्यो मेसिनबाट अगरबत्ती उत्पादन


मेचीनगर, बैशाख २४ । अगरबत्ती उत्पादन सुरु गरेको एक वर्षपछि मेचीनगरको अपाङ्गमैत्री सेवा सरोकार संस्थाले मेसिनमार्फत उत्पादन सुरु गरेको छ ।

मेचीनगर-१० मा रहेको संस्थाले यसअघि चारजाना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट अगरबत्ती उत्पादन गर्दै आएको थियो ।

झापाका विभिन्न बजारमा आफ्नो पहुँच बनाउँदै आएको संस्थाले बजारको मागलाई ख्याल गर्दै मेसिन भित्र्याएको अध्यक्ष राम बुढाथोकीले बताए ।

पछिल्लो समय बजारमा अगरबत्तीको माग बढ्न थालेपछि मेचीनगर नगरपालिकासँग अनुरोध गरेर मेसिन खरिद गरिएको उनले जानकारी दिए । नगरपालिकाले मेसिन खरिदका लागि २ लाख रुपैयाँ अनुदान दिएको थियो ।

संस्थाले विराटनगरबाट अगरबत्ती उत्पादनको लागि कच्चा पदार्थ ल्याउने गरेको बुढाथोकीले जानकारी दिए । मेसिनको प्रयोगबाट दैनिका ४५ केजीसम्म अगरबत्ती उत्पादन गर्न सकिने उनले बताए ।

अपाङ्गमैत्री सेवा सरोकार संस्था फरक क्षमता भएका व्याक्तिहरुको साझा संस्था हो । मेचीनगर १० स्थित ढाटमा रहेको यो संस्था २०७८ सालमा स्थापना भएको थियो । संस्थामा हाल ४० जना सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer