२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

करेन्ट लागेर शिवसताक्षीका नाबालकको मृत्यु


बिर्तामोड, बैशाख २५ । झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरालाई करेन्ट लागेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दिउँसो १२ बजे पानी तान्ने मोटर चलिरहेको ठाउँमा खेल्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer