२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

चट्याङ लागेर अर्जुनधाराका दुलालको मृत्यु


बिर्तामोड, बैशाख २५ । झापाको अर्जुनधारास्थित खुदुनाबारीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ ।

साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर आज दिउँसो मृत्यु भएको हो ।

आज करिब ४ः५० बजे घरनजिकैको मकैबारीमा मल लगाउँदै गर्दा परेको चट्याङले उनलाई लागेको थियो ।

दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाइते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारको क्रममा आज साँझ ६ः२० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

आज लामो समयपछि झापाका केही स्थानमा चट्याङसहित छिटफुट वर्षा भएको थियो । खण्डवृष्टिका कारण कृषकलाई भने खासै राहत मिलेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer