२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका महिला कृषकलाई बाख्रा वितरण


बिर्तामोड, बैशाख २५ । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रमअन्तर्गत महिला कृषकहरूलाई बाख्रा वितरण गर्दै आएको हो । त्यस यता १९ वटा उन्नत बोयर जातको बिउ बोकासमेत वितरण गरिएको जनाइएको छ।

नगरको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा वितरण गरेको जानकारी दिइन् । नगरले बाख्रा दिएपछि खोर पनि निर्माण गरिदिने गरेको छ । आर्थिक वर्ष २०७४(०७५ यता २ सय २५ वटा खोर निर्माण गरेको नगरले जनाएको छ ।

नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो । यस कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गर्न एउटा महिला कृषक समूहमा १५ जना अनिवार्य छ ।

समूहका सबै सदस्यलाई तीन तीन वटाको दरले बाख्रा वितरण हुन्छ । बाख्रा प्राप्त गरिसकेपछि अर्को वर्ष समूहका सबैले तीन तीन वटाकै दरले बाख्रा नगरलाई बुझाउनु पर्छ । यसरी प्राप्त गरेको बाख्रा फेरी नगरले बाख्रा माग गर्ने महिला कृषकहरूलाई वितरण गर्छ ।

नगरले बाख्रा वितरण गरेपछि खोर निर्माणसँगै बिमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको शाखा प्रमुख दाहालले जानकारी दिइन् ।

सोही कार्यक्रम अन्तर्गत नगरपालिकाले सोमबार बिर्तामोड २ को ओम नवज्योति कृषक समूहका महिलाहरूलाई ४५ वटा बाख्रा वितरण गरेको छ । बिर्तामोड ८ को जीवन आधार कृषक महिला समूहले जिम्मा लगाएको ४५ वटा बाख्रा नवज्योतिलाई वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईँले समूहलाई बाख्रा हस्तान्तरण गरिन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले कृषक महिलाहरूको आर्थिक जीवनस्तर उकास्न सघाउ पु¥याउँने उद्देश्यले बाख्रा वितरण गरिँदै आएको बताइन् । उनले बाख्रालाई राम्रो घाँस पानी गरेर मनग्य आम्दानी गर्न सकिने भन्दै मेहनत गर्न आग्रह गरिन् ।

यस्तै वडाअध्यक्ष किशोर कुमार पौडेलले बाख्रा वितरण कार्यक्रम प्रभावकारी भएको बताए । बिर्तामोड नगरपालिका खसीको मासुमा आत्मनिर्भर बनेको भन्दै थप बजारीकरणको लागी उत्पादनमा जोड दिन आग्रह गरे । थप अन्य समूहलाई पनि बाख्रा वितरणको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer