२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनको स्कुल क्याप्टेन मतदानबाट, अन्वेशा र प्रयास विजयी


Image

मेचीनगर, बैशाख २८ । अतिरिक्त क्रियाकलापका अब्बल रहेको मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविमा चुनावी प्रक्रियाबाट स्कुल क्याप्टेन (हेड गर्ल र हेड ब्वाइ) निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा इरेजर चुनाव चिह्न भएकी छात्रा अन्वेशा श्रेष्ठ ’हेड गर्ल’ र ग्ल्यु चुनाव चिह्न भएका छात्र प्रयास ढकाल ’हेड ब्वाइ’ पदमा निर्वाचित भएका छन् ।

कक्षा ६ देखि कक्षा १० सम्मका ७०७ जना विद्यार्थीमध्ये ६३७ जनाले मतदान गरेका थिए भने ५६ जना अनुपस्थित थिए ।

निर्वाचनका लागि गठित आयोगका प्रमुख एवम शिक्षक अनुज दाहालका अनुसार १४ मत बदर भएको थियो ।

हेड गर्लमा निर्वाचित भएकी इरेजर चुनाव चिह्नकी उम्मेदवारले २९२ मत प्राप्त गरेकी थिइन् भने हेड व्वाइमा निर्वाचित ग्ल्यु चुनाव चिह्नका उम्मेदवारले २८३ मत प्राप्त गरेका शिक्षक महेश खड्काले बताए ।

सर्वमान्य नियम पालना गर्दै निर्वाचन गरिएको थियो । निर्वाचनमा पाँचजना छात्रा र पाँचजना छात्र चुनावी मैदानमा थिए ।

विद्यालयका प्रिन्सिपल सञ्जीव राईका अनुसार सामाजिक शिक्षाअन्तर्गत विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिनका लागि तथा अनुभवी बनाउन निर्वाचनमार्फत क्याप्टेन चयन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer