२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

न्युटन्सका विद्यार्थीले सर्वत बाँडेर मनाए अक्षय तृतीया


बिर्तामोड, बैशाख २८ । झापाको बिर्तामोडमा रहेको न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थीहरुले सातु र सर्वत वितरण गरेर अक्षय तृतीया मनाएका छन् ।

आज बैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको अवसरमा न्युटन्सका विद्यार्थीले बटुवालाई सातु र सर्वत ख्वाएर पर्व मनाएको प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।

हुमागाईंका अनुसार विद्यार्थीलाई सांस्कृतिक पर्वको ज्ञान दिने उद्देश्यले अक्षय तृतीयाको अवसरमा न्युटन्स बाल क्लबद्वारा सर्वत र सातु वितरण गरिएको हो ।

बिर्तामोडको मुक्तिचोकमा रहेको दुर्गा मन्दिरअगाडि सातु र सर्वतको स्टल राखेर विद्यार्थी तथा शिक्षकहरुले अक्षय तृतीया मनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer