२०८२ बैशाख २९ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईमा करेन्ट लागेर महिलाको मृत्यु


बिर्तामोड, बैशाख ३१ । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।

हिजो (आइतबार) साँझ कनकाई २ मा करेन्ट लाग्दा स्थानीय रविन श्रेष्ठकी पत्नी अन्दाजी २३ वर्षीय मिना श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा मिनालाई अचानक करेन्ट लागेको थियो ।

मिनालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउँदा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer