२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रहरीले १६ वर्षमै पेन्सन सुविधा पाउने


बिर्तामोड, जेठ २ । सरकारले प्रहरीलाई १६ वर्षको जागिर अवधिमै सरकारले पेन्सन दिने नीति अघि बढाएको छ।

राष्ट्रपतिले रामचन्द्र पौडेलले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो विषय समावेश छ।

नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ, ‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ।’

सेवानिवृत्त हुने अवधि पुनरावलोकनको अर्थ १६ वर्षमै पेन्सनको सुविधा रहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । हाल यस्तो अवधि न्यूनतम २० वर्ष छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer