२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानको खेल सामग्री


बिर्तामेड, जेठ ४ । बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ ।

झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए ।

प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल सामग्री पाएपछि खेलाडीहरुलाई हौशला मिलेको आफूले पाएको उनले बताए ।

साथै, आसन्न झापा जिल्लास्तरीय अन्डर-१९ छनोट प्रतियोगिताका लागि तयारी गरिरहेका बुद्धशान्तिका खेलाडीहरुलाई प्राप्त खेल सामग्रीले मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रतिष्ठानले यसअघि एक लाख नगद पुरस्कार राशिको अन्तर पालिका क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । गत फागुन पहिलो साता भएको प्रतियोगिता निजी क्षेत्रबाट भएको कोशी प्रदेशमै पहिलो प्रतियोगिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer