२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड र विराटनगरमा चलचित्र महोत्सव हुने


बिर्तामोड, जेठ ४ । कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिइएको हो । स्थानीय व्यवस्थापक नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अनुसार महोत्सव यही जेठ ६ गतेदेखि ११ गतेसम्म हुनेछ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिर्तामोडमा उद्घाटन गर्ने महोत्सवमा विभिन्न जाति तथा समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने अध्यक्ष केवल तामाङले जानकारी दिए ।

कोशी प्रदेशमा चलचित्र क्षेत्रमा लगानी वृद्धि एवम् चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले आयोजना हुने महोत्सवको समापन विराटनगरमा हुने महासचिव रमेश तिवारीले जानकारी दिए ।

चलचित्रले प्रदेशलाई पर्यटनसँग जोडेर ठुलो आम्दानीको स्रोतको रुपमा विकास गरेर आर्थिक रुपमा मजबुत बनाउन सक्ने महोत्सवले विश्वास लिएको छ ।

चलचित्र क्षेत्रमा विकास भएका नयाँ प्रविधि, सिर्जना, सीप, कला र शैलीका बारेमा अध्ययन तथा अनुसन्धान गर्न, विभिन्न मुलुकबीच चलचित्रको माध्यमबाट सांस्कृतिक क्षेत्रको अनुभव आदानप्रसाद गर्न वा संयुक्त रुपमा लगानी गरी चलचित्र निर्माण गर्ने काममा उत्प्रेरित गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवको आयोजना आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer