२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक गम्भीर घाइते


मेचीनगर, जेठ ५ । झापाको चन्द्रगढी–चारआली सडकखण्डमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परेर चालक गम्भीर घाइते भएका छन् ।

साँझ ५ः५५ बजेको समयमा भद्रपुर नगरपालिका ९ नहरटोलस्थित चन्द्रगढी–चारआली सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. ५ प ५४६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक दमक नगरपालिका ४ बस्ने अन्दाजी वर्ष ४० का गंगाप्रसाद भट्टराई गम्भीर घाइते भएका छन् ।

टाउकोमा चोट लागेर बोल्न नसक्ने गम्भीर अवस्थाका भट्टराईलाई ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई राति बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । बिएन्डसी अस्पतालको भेन्टिलेटरमा उनको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer